Like us!
Follow us!
Connect us!
Watch us!

चालक र यात्रुको साथी बन्दै ट्राफिक एफएम

बुधबार, ०९ साउन २०७५, ११ : ०६ मा प्रकाशित

चालक र यात्रुको साथी बन्दै ट्राफिक एफएम

अर्थ संसार,  काठमाडौँ– ट्राफिक एफएम सवारी चालक र यात्रुको साथी बन्दै गएको छ । ट्राफिक एफएम ९५.६ मेगाहर्जको छैँटौँ वार्षिकोत्सवका अवसरका आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन ट्राफिक एफएमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

“सीमित स्रोत र साधनबीच उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले उल्लेख्य काम गरेको छ,” उहाँले भन्नुभयो । उहाँले ट्राफिक एफएमको क्षमता विस्तार गर्दै कार्यक्रमलाई थप गरेर अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सडक अनुशासन कायम गरी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक एफएममार्फत महाशाखाले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले ट्राफिक एफएममार्फत उपत्यकाको ट्राफिक गतिविधि, प्रहरी समाचार र सामुदायिक प्रहरीले गरेका कामकारबाहीलाई आम स्रोतामाझ पु¥याएको बताउनुभयो ।

ट्राफिक एफएमका स्टेशन म्यानेजर एवम् प्रहरी निरीक्षक रामबाबु रानाले ५०० वाट क्षमता भएको ट्राफिक एफएमलाई एक हजार वाट क्षमतामा विस्तार गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा एशियाली विकास बैँकले ट्राफिक प्रहरीलाई ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ हस्तान्तरण गरेको थियो । २०६९ साउन ८ गते सो एफएम स्थापना भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको