Like us!
Follow us!
Connect us!
Watch us!

सिजी फुड्स र ग्लोकलले ग्लोकल टिन हिरोको लागी सम्झौतालाई जारी राख्ने

बुधबार, १३ चैत्र २०७५, १८ : ३७ मा प्रकाशित

सिजी फुड्स र ग्लोकलले ग्लोकल टिन हिरोको लागी सम्झौतालाई जारी  राख्ने

अर्थ संसार, काठमाडा– काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो ।

“हामी किशोर( किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको चौथोबर्षमा टेक्दैछौँ । यो मंचबाट नेपालका युवा र किशोर किशोरीलाई फाइदा पुर्याएको प्रति हामी सकारत्मक छौँ ।

त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता  दिदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ । सिजी फुड्सका सीईवो श्री जी. पी. शाहले भन्नु भयो ।

ग्लोकल प्रा ली का कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराउनु भयो कि उहाँहरु वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउन  हर्षित हुनुहुन्छ । “वाई वाईसंगको सम्झौतालाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ र यो प्रतिष्ठित मंचलाई किशोर किशोरीको सुरुवातलाई उत्थान गरी शशक्तिकरण गर्न अझै अघि बढ्ने छौँ ।  यस्ता संस्थाहरुको सहयोग र विश्वासले यो सुरुवातलाई अझै प्रभावकारी हुन् मदत गर्दछ ।“


पहिलो, दोस्रो, तेस्रो, रचौथा बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर( किशोरीहरुलाई उत्प्रेरित  र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ ।

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो ।  किशोर( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको  चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर(किशोरीहरुहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अझै उर्जाका साथ् यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २१ बैशाख २०७६  मा खुल्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको