Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको शेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ०७ : ५४ मा प्रकाशित

अरुण काबेलीको शेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - अरुण काबेली पावर लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीकाे ५.७१ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता २५४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर २२ गते साेमबार हुँदैछ । सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको