अर्थ संसार, काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २१ गते, आइतबारबाट मंसिर २८ गते आइतबारसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरुले न्युनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस