इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । संस्थाको पौष २७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार चौधौ सभा माघ २४ गते, शनिबार, केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपुरमा बिहानको ११ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम १४.७५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
संस्थाले साधारणसभा प्रयोजनको लागि माघ ९ गतेदेखि माघ २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस