Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार संवाददाता

शुक्रबार, ०९ माघ २०७७, ०७ : ५२ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संस्थाकाे १४.७५ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे चाैथाे वार्षिक साधारण सभा माघ २४ गते, शनिबार हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको