Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ०९ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्ममा ६ करोड ४९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९४.०६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १० करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा ७ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो  । 

दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा८ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो मुनाफा ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको चुक्ता पूँजी २६ करोड रहेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ४९.८४ रुपैयाँ  र प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ रहेको छ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

6018f1437991b.JPG 6018f1498b8f7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको