Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार संवाददाता

शनिबार, ०८ फागुन २०७७, ०८ : ४७ मा प्रकाशित

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्हौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको फागुन ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको उक्त सभा फागुन २९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ । 

सभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

त्यस्तै, सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम १२.३९ प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60308f31e5f08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको