एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।
कम्पनीको मंसिर ५ गते सम्पन्न भएकाे चाैधाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७ प्रतिशत बाेनस शेयर कार्तिक २४ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
कम्पनीकाे शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस