Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको सेयर लिलामीमा

अर्थ संसार संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ३३ मा प्रकाशित

साना किसान लघुवित्तको सेयर लिलामीमा

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले अवितरित हकप्रद सेयर बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

संस्थाले १२ हजार ४४२ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राखेको हो ।  जसमध्ये सेयर संस्थापक सेयरतर्फ ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ ९ हजार ७४ कित्ता रहेको छ  ।

संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको सेयर  लिलामीमा राखेको हो   ।
लगानीकर्ताहरुले उक्त सेयरमा भोलि (फागुन २८ गते) देखि चैत १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्  । 

लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड तथा साना किसान लघुवित्तका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । 
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6049afe84705c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको