Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर मंगलबारदेखि बजारमा आउँदै, न्यूनतम मूल्य कति ?

अर्थ संसार डेस्क

सोमबार, ०२ चैत्र २०७७, ११ : ३३ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर मंगलबारदेखि बजारमा आउँदै, न्यूनतम मूल्य कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

संस्थाले संस्थापक समूहको २५ हजार कित्ता सेयर भोलि चैत ३ गतेदेखि लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त सेयरमा बैशाख ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उक्त  सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरको बिक्री  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

604ef649d67b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको