Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय लघुवित्तले एफपिओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १० : २० मा प्रकाशित

सूर्योदय लघुवित्तले एफपिओ निष्कासन गर्ने

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा  हुँदैछ । 

सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । 

त्यसैगरी, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम १५.३४५७७ प्रतिशत बोनस सेयर र  ०.८०७६७  प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ। 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १८ गतेसम्म  कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको