Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, ०६ : १२ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश्(कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको छ । 

बैठकले बिमा समितीबाट जारी र्निजिवन बिमा व्यवसाय गर्ने विमकको वित्तिय विवरण सम्बन्धी निर्देशन तथा एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

बिमा समितीद्धारा जारी र्निजिवन बिमा व्यवसाय गर्ने विमकको वित्तिय विवरण सम्बन्धी निर्देशन,२०६६ बजोजिम तयार पारिएको वित्तिय विवरणमा कम्पनीको खुद मुनाफा २६ करोड २५ लाख ७३ हजार २०३ रुपैयाँ देखिएको छ भने एनएफआरएस अनुसार तयार पारिएको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा २५ करोड ९४ लाख ७६ हजार ५०० रुपेयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बिमा समितीको स्विकृती पछि साधारणसभा बाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने छ ।  

60b5817a92867.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको