Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ०६ : ४० मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको सञ्चालक समितीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन १४ गते गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन आज १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको संचालक  समितिको असार २७ गते बसेको बैठकले गरेको निर्णयानुसार कम्पनीको १५ औं वार्षिक साधारण सभा साउन २१ गते कम्पनी रजिष्टर्डको कार्यलय पानिपोखरी काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

कम्पनीको साधारणसभामा सहभागि हुन इच्छुक सेयरधनीहरुलाई सभाको मिटिङ आईडी र पासवार्ड कम्पनीको वेबसाईट मार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश पारित गर्नुका साथै वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । कम्पनीको बोनश सेयरपछी पुँजी बृद्धि भई १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएकाले चुक्ता पुँजी प्रबन्धपत्र संसोधनको प्रस्ताव पनि पारित हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको