Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १६ : ३२ मा प्रकाशित

सयपत्री हाइड्रोको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि-अलटमेन्ट सम्पन्न भएको छ । प्रि-अलटमेन्ट आज आइतबार कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । उक्त  आईपीओकाे बाँडफाँड मंगलबार गर्ने तयारी भएकाे एनआईबिएल एस क्यापिटल लिमिटेडले अर्थ संसारलाई जानकारी दिएकाे छ । यद्यपी हालसम्म समय र स्थान भने तय भइसकेकाे छैन । 

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताहरूले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । उक्त संख्या मागभन्दा २५.७१ गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको