Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको नेतृत्वमा अपर अरुण आयोजनामा ५३ अर्ब ऋण प्रवाह हुने

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १४ : ४५ मा प्रकाशित

एचआईडीसीएलको नेतृत्वमा अपर अरुण आयोजनामा ५३ अर्ब ऋण प्रवाह हुने

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नेतृत्वमा अपर अरुण आयोजनमा ५३ अर्ब ऋण प्रवाह हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको हालसम्म कै ठूलो अर्थात् एक हजार मेगावाटभन्दा बढी क्षमताको अपर अरुण जलविद्युत आयोजनाको लागि एचआईडीसीएलको सहवित्तीयकरणमा आवश्यक स्थानीय लगानी जुटेको हो । 

प्रारम्भिक अनुमान अनुसार अपर अरुण आयोजनामा कुल २ खर्ब १४ अर्ब रुपैयाँ लगानी चाहिनेछ । यस आयोजनका लागि ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर पुँजीबाट रकम जुटाइनेछ । जस अनुसार सेयरबाट ६४ अर्ब रुपैयाँ उठ्नेछ भने १५० अर्ब रुपैयाँ ऋण लिइनेछ । 

उक्त आयोजना निर्माणका लागि नेपाल सरकारले विश्व बैंक र युरोपियन डेभलपमेन्ट बैंकबाट कर्जा लिने निर्णय गरेको छ । यस्तै, बाँकी रहेको ५३ अर्ब रुपैयाँ कर्जाको लागि एचआईडीसीएलको नेतृत्वमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्ने भएका छन् ।

त्यसैगरी, सहवित्तीयकरण कर्जाको रुपमा लगानी हुने उक्त आयोजनाको कर्जाका लागि एचआईडीसीएलसहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नागरिक लगानी कोषले आज आयोजनासँग उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गर्दैछन् । 

१०६१ मेगावाटको अपर अरुण आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको