Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलले २६ वटा हाइड्राेमा १९ अर्ब ५४ करोड लगानी गर्दै

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १४ : ३७ मा प्रकाशित

एचआईडीसीएलले २६ वटा हाइड्राेमा १९ अर्ब ५४ करोड लगानी गर्दै

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको एघारौँ वार्षिक साधारण सभा हिजाे पौष २६ गते, मंगलबार, अर्पण ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भएकाे छ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

साधारण सभा मार्फत् कम्पनीले २६ वटा जलविद्युतमा १९ अर्ब ५४ करोड लगानी गर्ने जानकारी दिएकाे छ । एचआईडीसीएलले हालसम्म १९ अर्ब ५४ करोड रुपैयाँ लगानी बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ । २८ सय ११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको