Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको संस्थापक सेयर पुन: लिलामीमा ल्याइँदै, यसपटक बिक्ला त ?

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १२ : ४० मा प्रकाशित

एचआईडीसीएलको संस्थापक सेयर पुन: लिलामीमा ल्याइँदै, यसपटक बिक्ला त ?

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले यसअघि चार पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक सेयर बिक्री नभएपछि माघ २२ गते, आइतबारदेखि पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएकाे छ । 

कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेकाे हाे ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले माघ २२ गते, आइतबारदेखि फागुन ८ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको