Like us!
Follow us!
Connect us!
Watch us!

"बोर्ड अध्यक्ष हमालले प्रेस मिट गरी स्पष्टिकरण दिनुपर्छ " अर्थ संसार बहस (भिडियाे)

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, १० : ५६ मा प्रकाशित

अर्थ संसारकाे नियमित कार्यक्रम "अर्थ संसार बहस" काे यस श्रृङ्खलामा अर्थ संसारकर्मी बसन्त पाण्डेले सेयर विश्लेषक मुक्ति अर्याल र लगानीकर्ता छाेटेलाल राैनियारसँग बहस गरेका छन् ।

बहसकाे क्रममा पछिल्लाे समय नियमनकारी निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष रमेश कुमार हमालकाे विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूकाे विषयमा कुराकानी हुँदा राैनियारले बाेर्ड अध्यक्ष हमालले बजार विकास र विस्तारका लागि राम्राे काम गरिरहेका बताए । उनकाे कार्यकालपछि लामाे समयदेखि राेकिएर बसेका कामहरू भएकाे उनी बताउँछन् । 

यसै विषयमा बाेल्दै विश्लेषक अर्यालले भने, "बाेर्ड अध्यक्ष हमालले राम्रा काम गर्न खाेजेकाे देखिएकाे छ । उहाँले ब्राेकरदेखि लिएर नयाँ स्टक एक्सचेञ्जका लागि राम्राे इनिसीयट (Initiate) गर्नुभएकाे छ । यी कुराहरूलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ तर पछिल्लाे समय जुन समाचार बाहिरियाे त्याे कुरालाई उहाँले प्रेस मिट गरेर क्लारिफाई (Clarify) गर्नुपर्छ । किनकी याे रमेश कुमार हमालकाे मात्रै कुरा हैन याे त सबै लगानीकर्ताकाे कुरा हाे । त्याे समाचार सही हाे भने उहाँले पद छाडेर जानुपर्छ र गलत हाे भने केस गर्नुपर्छ ।"

भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको