बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलाको ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस