Like us!
Follow us!
Connect us!
Watch us!

नवलपरासीको बौदीकालीमा जनता बैंक नेपाल

सोमबार, २८ साउन २०७५, १६ : ०८ मा प्रकाशित

नवलपरासीको बौदीकालीमा  जनता बैंक नेपाल

अर्थ संसार, काठमाडौं– जनताको माझ बैकिङ  सेवा पुर्याउने हेतुले  जनता बैंक नेपालले नवलपरासीको बौदीकाली गाउँपालीका वडा न–२ डेढगाउँमा नयाँ शाखा  संचालनमा आएको छ । 

बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो । नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पुर्याउने विश्वास बैंकले लिइएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

वित्तीय सेवामार्फत पनि संघियतालाई  बलियो  बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीयतहमा पुग्नपर्ने नियमन र सरकारको चाहनाअनुसार शाखा विस्तार गर्दे जाने बैंकले जनाएको छ ।  

बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नु्होस्

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा

नेप्से १० अंकले बढ्यो, कारोबार किन घट्यो ?

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको