Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको खुद नोक्सानी ६ करोड ९३ लाख

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १३ : ४१ मा प्रकाशित

समृद्धि फाइनान्सको  खुद नोक्सानी ६ करोड ९३ लाख

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको खुद नोक्सानी यस वर्ष घटेको छ । कम्पनी खुद नोक्सानी अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशत घटेको  हो ।

खुद नोक्सानी

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ६ करोड ९३ लाख ७५ हजार रूपैयाँ नोक्सानीमा पुगेको छ । गत आवको चैतसम्म १३ करोड ३४ लाख ३९ हजार रूपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष घटेको हो ।

इम्पेरमेन्ट चार्ज

कम्पनीको गत वर्ष १२ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ४ करोड १२ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो । इम्पेरमेन्ट चार्ज घटेसँगै गत वर्ष १३ करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नोक्सानी घटेर यस वर्ष ७ करोड ३१ लाख रूपैयाँभन्दा बढी कायम भएको हो । 

चुक्तापूँजी

हाल यस कम्पनीको चुक्तापूँजी ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ रहेको छ । सेयर प्रिमियममा १ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ५३ करोड ६१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

जगेडा कोष 

कम्पनीको जगेडा कोष रकम २६ करोड ५६ लाख रूपैयाँभन्दा बढी कायम छ । 

वितरणयोग्य नाफा 

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

निक्षेप संकलन

तेस्रो त्रैमाससम्म १ अर्ब ९० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा

निष्क्रिय कर्जा गत वर्ष १३ दशमलव ४९ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७ दशमलव २३ प्रतिशत पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको