Like us!
Follow us!
Connect us!
Watch us!

कर बढाउने र खर्च घटाउने घोषणा

बुधबार, २० भदौ २०७५, ०८ : १२ मा प्रकाशित

कर बढाउने र खर्च घटाउने घोषणा

लन्डन (बीबीसी)– मुद्रा संकट गहिरिँदै गएपछि अर्जेन्टिनी सरकारले कर बढाउने र सरकारी खर्च घटाउने घोषणा गरकोे छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति मौरिसियो म्याक्रीले कमाएको भन्दा बढी खर्च गर्न नहुने बताए ।

सरकारले निर्यात हुने केही खाद्यान्नमा कर बढाउने र सरकारका आधा मन्त्रालय घटाउने घोषणा गरको छ । तर, यसबार थप जानकारी सार्वजनिक गरिएको छैन । राष्ट्रपतिको घोषणामा कुनकुन वस्तुमा कर लगाउने र कुनकुन मन्त्रालय घटाउने योजनाबार खुलाइएको  छैन ।

अर्जेन्टिना सोया खाद्यान्नको ठूलो निर्यातकर्ता हो। अर्जेन्टिनाले सोयासहित सोयाको तेल, मकै, गहुँ र कच्चा पदार्थका रूपमा सोयाबिन पनि निर्यात गर्छ । अर्जेन्टिनी मुद्रा पेसोको बढ्दो अवमूल्यन गर्न अर्थमन्त्री निकोलास डुजोभ्नेले आगामी वर्षदेखि बजेट घाटा घटाउने घोषणा गरका छन् ।

बढ्दो आर्थिक संकटका कारण अर्जेन्टिनी केन्द्रीय बैंकले ब्याजदर बढाएर ६० प्रतिशत पुर्याएको छ । पछिल्लो एक वर्षमा मात्रै डलरविरुद्ध अर्जेन्टिी मुद्रा पेसोको भाउ आधाले घटेको छ । अर्जेन्टिनी अर्थमन्त्री डुजोभ्ने यसै साता अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लागार्डेलाई भेट्न अमेरिका जाँदै छन् ।  

तीन महिनाअघि अर्जेन्टिनी सरकाराले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ५० अर्ब डलर ऋण लिने निर्णय गरको थियो। अर्जेन्टिनी सरकारले ऋण लिने गरको  कोष अर्जेन्टिनी जनताबीच भने अलोकप्रिय छ ।

सन् २००१ को आर्थिक संकटमा अर्जेन्टिनामा मुद्रा कोषले खेलेको भूमिकाप्रति यहाँ आलोचना हुने गरको छ । अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न ऋण लिने निर्णय अपरिहार्य रहेको सरकारको दाबी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको