Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

मंगलबार, २६ भदौ २०७५, १९ : १९ मा प्रकाशित

ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

अर्थ संसार, काठमाडौँ-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गर्नुभएको छ ।

सरकारले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै मन्त्री पुनले केही ठूला परियोजनामा लगानीका लागि युएई सरकारलाई अनुरोध गर्नुभएको हो । सिंहदरबारमा आज मन्त्री पुनसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीले गर्नुभएको शिष्टाचार भेटका क्रममा ऊर्जा क्षेत्रमा लगानीका विविध आयामका बारेमा छलफल भएको हो ।

युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनसँग भटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा मन्त्री पुनले ऊर्जा क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । उहाँले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पु¥याइदिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराउनुभयो । ऊर्जामा युएईको लगानी आवश्यक परे आफ्नो सरकारसँग औपचारिक आग्रह गर्न त्यसका लागि सहजीकरण गर्न सकिने राजदूतको भनाइ थियो ।

युएईले १७० देशको सहभागिता हुने गरी ऊर्जा सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराउनुभयो । उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ । गत वर्ष तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिनुभएको थियो । मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतसँग नेपालमा लगानी गर्न आग्रह गर्दै आउनुभएको छ ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएको भन्दै उहाँले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको