Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबलआइएमई बैंकको शिक्षामा योगदान, विद्यालयलाई कम्प्युटर सहयोग

विहीबार, १८ असोज २०७५, १६ : ४१ मा प्रकाशित

ग्लोबलआइएमई बैंकको शिक्षामा योगदान, विद्यालयलाई कम्प्युटर सहयोग

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नव कुण्डगाउँपालिका ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक  गुणराजपौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।  

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेका छ ।  ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको