मङ्गलबार, ३० असोज २०७५, २३ : ०३
प्राधिकरणले किन काट्दैछ राजधानीमा आज बत्ती
बिहिबार, २५ असोज २०७५

अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारका कारण आज पनि कलंकी– नागढुंगा सडक खण्डमा दिनभर नै बत्ती काट्ने भएको छ ।

ढुंगेअड्डादेखि तीनथाना बस स्टप सम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि स्युचाटार सब स्टेशन बाट संचालीत बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिने भएको छ ।

प्राधिकरणकाअनुसार  तीनथाना ,नैकाप ,सतुङ्गललगायतका ‌‍क्षेत्रमा आज बिहान १०  बजे देखि बेलुका ५ बजे सम्म बिद्युत् काटिने छ ।

सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढे पछि पछिलो समयमा २४ घण्टा नै सडक विस्तारेका काम भइरहेकाले प्राधिकरणले समेत लाइन काटन थालेको हो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved