Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्नु भयो ? आज अन्तिम दिन

आइतबार, ११ कार्तिक २०७५, ०८ : ४७ मा प्रकाशित

पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्नु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आइतवार (कात्तिक ११) अन्तिम दिन रहेको छ ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभाको आयोजना गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएकाले कात्तिक ११ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व कायम हुने शेयरधनी सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।

कम्पनीले २२ औं वार्षिक साधारण सभा कात्तिक २० गते दरबारथोक बैङक्वेट, पोखरामा बिहान ११ बजे आयोजना गरेको छ । सभामा लाभांश प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको