Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १० : १८ मा प्रकाशित

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकले १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न आठ संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो । 

बैंकले संस्थापक सेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४ कित्ता, नारायण श्रेष्ठको चार हजार कित्ता, प्रकाश तायलको ३ लाख आठ हजार ३४८ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९ कित्ता, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेशविक्रम सिजापतीको २२ हजार ३१३ कित्ता र गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता सेयर बिक्रीमा राखेको हो । 

संस्थापक सेयरहरुको बिक्री मूल्य भने बिक्रेताअनुसार फरकफरक रहेको बैंकले जनाएको छ । 

उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्रआवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको