Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगरलाई १ सय ८३ रनको चुनौती

आइतबार, ११ कार्तिक २०७५, ११ : ०६ मा प्रकाशित

विराटनगरलाई १ सय ८३ रनको चुनौती

अर्थ संसार, कास्की – पीपीएल क्रिकेटमा एक्स्पट धनगढीले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । धनगढीका लागि पीडी ट्रेगोले ५३ रनको योगदान दिए ।

कप्तान दिपेन्द्रसिंह ऐरिले २९, सन्दीप जोरा १२ रनमा आउट भए । सौरभ खनालले ४१ रनको बिष्फोटक पारी खेले । खनालले १३ बलमा २ चौका र ५ छक्का हाने । 

विराटनगरका जीतेन्द्र मुखियाले ४ विकेट लिए । मुखियाले ४ ओभर वलिङ गरेर ४९ रन दिए । विराटनगरका सुनिल धमला, सन्दीप लामिछाने, किशोर महतो र मोहम्मद जाहिदले समान एक एक विकेट लिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको