Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ए सेवेन सार्वजनिक गर्ने ओपोको तयारी

शुक्रबार, १६ कार्तिक २०७५, २० : ४० मा प्रकाशित

नेपालमा ए सेवेन सार्वजनिक गर्ने ओपोको तयारी

अर्थ संसार, काठमाडौं – सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल एसेवेन सार्वजनिक गर्ने घोषणा गरेको छ ।

शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)समर्थ क्यामेरा र शक्तिशाली ब्याट्री लगायतआकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँओपो एसेवेन मितब्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

 उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका साथमा सार्वजनिक गरिएको एसिरिज ओपोकै बेष्ट सेलिङ स्मार्टफोनअन्तर्गत पर्छ । एआई २.० सुसज्जित १६ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा र १३ एमपी + २एमपी डुअल रियर क्यामेरा तथा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको नयाँओपो एसेवेनले नेपालभरका आफ्ना उपभोक्तालाई आकर्षित गर्नेमा कम्पनी विश्वस्तछ ।

अत्याधुनिक फिचर्सका साथै, वास्तविक तथ प्राकृतिक देखिने सेल्फीलिन सघाउने क्यामेरा सहितको एसेवेन मितब्ययी मूल्यमा उपलब्ध गराउने तयारीमा कम्पनी रहेको छ ।

सार्वजनिकको तयारीमा रहेको ए सेवेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुखकार्यकारी अधिकृतद्धछ    ञत्रद्द  बबी ट्राओले भने,‘मितब्ययी मूल्यमै डुअल क्यामेरा सेट-अप, ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथै अत्याधुनिक फिचर्स सुसज्जितफोन प्रयोग गर्न पाइयोस् भन्ने उपभोक्ता, विशेषगरी यूवा चाहनाको कदर गर्दै हामीले ए-सिरिज अन्तर्गतका फोन उपलब्ध गराएकाहौँ ।

ओपो एफसेवेनमा रहेको शक्तिशाली ब्याट्रीको सहायताबाट तिनले आफ्नो सक्रिय दैनिकीलाई समय समयमाअप्थ्यारो अनुभव गराउने चार्जिङको समस्यालाई सँधैका लागि विदा गर्न पाउनेछन् । साथै विनाकुनै रुकावट जीवनका अमूल्यपलनिरन्तर कैद गर्न सक्नेछन् ।’

नोवेम्बर महिनाको मध्यतिर सार्वजनिक हुने तयारीमा रहेको ओपो एसेवेनले, पछिल्ला एफसिरिज र ए सिरिज अन्तर्गतका उत्पादनले झैँ उपभोक्ताको मायाँ र सफलता पाउनेमा कम्पनी आशावादी रहेको छ । नेपालमै पहिलो पटक एफवानएस संगै सार्वजनिक गरिएको ए३७ले आफ्नो श्रेणीमा निकै लोकप्रियता पाएको थियो ।

त्यसैगरी एथ्रीएसले शक्तिशाली ब्याट्री र डुअल क्यामेरा सेटअपतथा ८८.८ प्रतिशतउच्च रेसियो स्क्रिन सहितको सुपर फुल स्क्रिन डिस्प्ले मार्फत निकै लोकप्रियकता कमायो । नयाँओपो एसेवेनमा समाहित गरिएका पृथक डिजाइन, अत्याधुनिक फिचर्स तथा प्रविधिले ए सिरिजको लोकप्रियतालाई थपउचाई प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको