Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

सोमबार, १७ मंसिर २०७५, १० : ३३ मा प्रकाशित

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

अर्थ संसार, काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो ।दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको