Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको सबैलाई समृद्ध बनाउने लक्ष्यमा, IPO भर्नेको उत्साह बढ्यो

सोमबार, १७ मंसिर २०७५, १२ : ३८ मा प्रकाशित

जोशी हाइड्रोपावरको सबैलाई समृद्ध बनाउने लक्ष्यमा,  IPO भर्नेको उत्साह बढ्यो

अर्थ संसार, काठमाडौं– सरकारले अगाडि सारेको सबैलाई जलविद्युत् कम्पनीको शेयर उपलब्ध गराउने लक्ष्यलाई साकार पार्न निजी क्षेत्रका जलविद्युत् आयोजानहरु लागिपरेका छन् ।

सरकारसँगै निजी क्षेत्रका आयोजना तथा कम्पनीले पनि शेयर दिने र नागरिकलाई धनी बनाउने, शेयरमा लगानी गराउने बानी बसाल्ने र आगामी दिनका लागि सुरक्षित गराउने प्रवृत्ति बढेको छ ।

नागरिकमा साक्षराता बढेको छ । शेयरमा लगानी गर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । गाँउ गाँउमा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । नागरिकले लगानीको अवसर पाएका छन् । साना, मझौला तथा ठूला आयोजनामा लगानीको मात्रा समेत बढेको छ ।

यसै क्रममा जोशी हाइड्रोपावर कम्पनीले आइतबारदेखि आम सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले  प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ ।

शेयर निश्कासन गरेको पहिलो दिनमै १० लाख ४० हजार कित्ता आवेदन परको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ अनुसार आइतबार बेलुका ५ बजे अनुसार १२ हजार २ सय जनाले १० लाख ४० हजार कित्ताका लागि आवेदन दिएका छन् ।

यो प्रतिकित्ता १०० रुपैयाँका दरले रकममा १० करोड ४० लाख रुपैयाँ हुन आउँछ । आइतबारको शेयर आवेदनलाई हेर्दा सोमबार माग भन्दा बढी शेयर आवेदन पर्ने पक्कापक्की नै देखिन्छ ।

कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले आजदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको  छ ।

कम्पनलिाई वित्तीय रुपमा खराब भन्दै नकारात्मक प्रचार पनि गरिएको छ । तर अवस्था भने त्यस्तो नभएको कम्पनीले जनाएको छ । सबैलाई शेयर दिने र नागरिकलाई धनी बनाउने पवित्र लक्ष्य राखिएको कम्पनीको भनाइ छ । त्यसकारण ढुक्क भएर जोशी हाइड्रो पावरको शेयरमा लगानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

5c04d63d5aa59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको