Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको खुद मुनाफामा ८३% को बृद्धि

आइतबार, १५ पुस २०७५, ११ : १४ मा प्रकाशित

अपि पावर कम्पनीको खुद मुनाफामा ८३% को बृद्धि

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले आ.व २०७५\०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ यो मुनाफा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले बृद्धि भएको जनाएको छ । यस अनुसार कम्पनी अघिल्लो आ.व को सोहि त्रैमासको तुलनामा विद्युत विक्री बाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो ।

अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।

यो पनि पढ्नुहोस्

विदेश जस्तै लाग्ने कोटेश्वर कलंकी सडक (भिडियो र तस्विरसहित)

युनिभर्सल पावरको आइपिओ भर्दा ठिक कि बेठिक ? आजदेखि २१ करोड ३५ हजार कित्ता शेयर बिक्री खुल्ला 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको