Like us!
Follow us!
Connect us!
Watch us!

डिस होमले ४ अर्ब १० करोड ९१ लाखको आइपिओ निश्कासन गर्दै

विहीबार, २६ पुस २०७५, ०५ : ४९ मा प्रकाशित

डिस होमले ४ अर्ब १० करोड ९१ लाखको  आइपिओ निश्कासन गर्दै

अर्थ संसार, काठमाडौं –  डिस मिडिया नेटवर्कले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले वार्षिक साधारणसभाको आयोजना गरेको छ । कम्पनीले बिहिबार साधारणसभा गर्ने भएको छ ।

९ बर्षअघि स्थापना भएको डिसहोमले सर्बसाधारणलाई १० प्रतिशत शेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले प्रिमियम मूल्य राख्ने नराख्ने बारे केही बताएको छैन ।

कम्पनीले संचालनमा आएको ९ वर्षको अवधिमा ४ अर्ब १० करोड ९१ लाख २ हजार १३ रुपैयाँ कर बुझाएको जनाएको छ।

कम्पनीले ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ भन्सार, ग्राहकबाट संकलित भ्याट २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टी १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख तीन हजार तीन सय ३४ हजार, आयकर ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट संकलित टिडिएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ बुझाएको जनाएको छ।

कम्पनीले चुक्ता पूँजी बढाउन शेयर जारी गर्न लागेको हो। साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि कम्पनीले उद्योग विभाग र नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनु पर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको