Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा बीमा भुक्तानी

शुक्रबार, २७ पुस २०७५, ०८ : २३ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा बीमा भुक्तानी

अर्थ संसार, काठमाडौं-  एनआईसी एशिया बैंक लिमिटेडले ५ लाखको बीमादाबी भुक्तानी गरेको छ । बैंकको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” अन्तरगत मृतक राज कृष्ण श्रेष्ठको हकवाल छोरा रजत कृष्ण श्रेष्ठलाई उक्त रकम बीमादावी भुक्तानी गरिएको हो ।

“प्रिमियम समुन्नती बचत खाता” खोलेका मृतक कृष्ण श्रेष्ठको २०७५ कार्तिक २० गते दुर्घटानमा परी मृत्यु भएको थियो । “प्रिमियम समुन्नती बचत खाता” खोल्दा रु ५ लाख बराबरको स्वतःं दुर्घटना बिमाहुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवालानिजको छोरा  रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरिएको बैंकले जनाएको छ ।

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  सन्तोष कुमार राठीबाट बिहीबार बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरणगरियो उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाउनु भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको