Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेट रंगशाला बनाउन उठ्यो ४ करोड सहयोग, सहयोग गर्न आग्रह

बुधबार, १६ माघ २०७५, १८ : ४९ मा प्रकाशित

क्रिकेट रंगशाला बनाउन उठ्यो ४ करोड सहयोग, सहयोग गर्न आग्रह

अर्थ संसार, काठमाडौँ– धुर्मुस सुन्तली फाउडेशनले भरतपुर महानगरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोगीले अजौदेखि सहयोग सुरु गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित सम्झौता समारोहमा नै एस ट्राभल्सले आजै रु ३ करोड सहयोग गरेको छ । यस्तै सहयोगी अन्य दाताले पनि करिब एक करोड बराबरको सहयोग आजै गरेका छन् ।

फाउण्डेशनले जनाएअनुसार आजै रंगशाला निर्माणका लागि रु ४ करोड बराबरको सहयोग जुटेको छ । फाउण्डेशनले सबै सहयोगीलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

सहयोग गर्न आग्रह

धुर्र्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपूर ममहानगरपालिकामा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न आग्रह विश्वव्यापी रुपमा आग्रह गरेको छ ।

फाउण्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनको नाममा रहेको नेपाल इन्भेस्टमेन्टको खाता नं ०४००१०३०२५८७५३ मा रकम जम्मा गर्न सकिने जनाएको छ । दाताको नाम विभिन्न माध्यमबाट सार्वजनिक गरिने जनाएको छ । विगतमा पनि सहयोग उठाएरै फाउण्डेशनले पहारी बस्ती, गिराञ्चौर बस्ती, मुसहर बस्ती एवम् सन्तपुर बस्ती जस्ता एकीकृत बस्ती निर्माण गरेको थियो ।

यस पटक पनि सहयोग उठाएर रंगशाला निर्माण गर्न लागिएकाले फाउण्डेशनले सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।

निर्माण गर्ने भए धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको