Like us!
Follow us!
Connect us!
Watch us!

प्यान १० मिनेट मै बन्छ त ?

विहीबार, १७ माघ २०७५, १८ : २१ मा प्रकाशित

प्यान १० मिनेट मै बन्छ त ?

राजस्व कार्यलयले बैशाष १ गतेदेखी प्यान अनिवार्य गर्ने निर्णय लगतै अहिले सबैतिर यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ ।

यसै प्रशङमा आज एकजना मित्रसँग छलफल भयो ।  उहाँले प्यान लिन खोज्दा पाएको दुस्खहरु धेरै नै भयो भन्दै गुनासो गर्नुभयो । मैले भने– “नागरिकता र फोटो लिएर जानुस् १० मिनेट मै तपाईको हातमा प्यान हुन्छ ।” उहाँले झर्कदै भन्नुभयो –‘१० मिनेट होइन ३ दिन भयो म धाएको’  म अक्क न बक्क भए ।

उहाँले भन्नु भयो– ‘म घर नजिकै चाबहिलमा रहेको आन्तरिक राजस्व कार्यलयमा प्यान बनाउन भनेर पुगेँ ।  त्यहाँबाट तपाइको नागरिकता काठमाडौं बाहिरको रहेछ, यहाँ बनाउन मिल्दैन, पुतलिसडकमा हुन्छ जानुस भनेर पठाइदिए । त्यसपछि सबै काम छाडेर पुतलीसडक पुगेँ । त्यहाँ गएर बुझ्दा कर्मचारी भए कार्यलएको प्यान नं. सहित तलब बुझेको विबरण र नियुक्तीपत्र लिएर जानुस् भनियो । ’

मैले भने म कर्मचारी हैन ।  म लगानीकर्ता हुँ ।  मेरो नागरिकता बाहिरको छ तर म लगभग १५ बर्षदेखि काठमाडौको वासिन्दा हुँ मैले लालपुर्जाको फोटोकपी बोकेर आएको छु ।  अब भन्नुस मैले प्यान पाउछु कि पाँउदिन ? भन्ने प्रश्नमा एकजना कर्मचारी ले भने – “तपाईँ मेरो टाउको किन खानुहुन्छ ? जानुस बसाँई सराईको चिठ्ठी लिएर आउनुस् कि त जिल्लामै बनाउनुस ’ उहाँले एकै शासमा आफ्नो कुरा सिध्याउनु भयो । आक्रोश र पिडा मिस्रित स्वरमा  ।

साँच्नै नै प्यानको लागि यस्तै गार्हो छ र  कि कर्मचारीको लापर्वाहीले हामिले यसरी दुःख भोग्नु पर्दछ । केवल कानुन बनाइ दिएर, औपचारिक कुरा गरेर मात्र हुन्छ र ? त्यसको कार्यान्वयन र नियमन गर्ने निकाय पनि त्यतिकै प्रभावकारी र बलियो बनाउन जरूरी पर्दैन र ?

यदि यस्तै नै हो भने उहाँको त पहुँच होला जसरी तसरी बनाउनु होला । तर सर्वसाधारण लगानीकर्ता जो जिल्लाबाट काठमाण्डौ आएर अस्थाई रुपमा बसोबास गर्नु भएको छ, उहाँहरुले कसरी वनाउनुहुन्छ होला ? दार्चुला र ताप्लेजुङका लगानीकर्तालाई यो चिज लिन कति गलो पासो होला कठै मेरो देश !

फेसबुकबाट साभार

5c52faabee6ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको