Like us!
Follow us!
Connect us!
Watch us!

प्रदिप खड्काको ‘लभ स्टेशन’ चैत्र २२ मा

सोमबार, २१ माघ २०७५, १२ : १६ मा प्रकाशित

प्रदिप खड्काको ‘लभ स्टेशन’  चैत्र २२ मा

काठमाडौं । चैत्र २९ गते रिलिज हुने भनेर प्रचारमा उत्रिएको चलचित्र ‘ए मेरो हजुर ३’को टिमले यही मितिमा नै रिलिज गर्ने बताएपछि लामो समयको छलफलपछि चलचित्र ‘लभ स्टेशन’ले चैत्र २२ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

भियतनाममा छायांकन गरिएको ‘लभ स्टेशन’को गीतमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ रोमान्टिक देखिएका छन् । यो स्थानमा ‘किङकङ, एनाकोण्डा’ जस्ता हलिउड चलचित्र पनि खिचिएको थियो । ‘घाम जुन नै चाहिदैन’ बोलको गीतलाई भियतनामको सुन्दर लोकेशनमा खिचिएको हो । गीतको भिडियोलाई प्रेम दिवसको अवसर पारेर फागूण २ गते रिलिज गर्ने तयारी गरिएको छ ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

सांगीतिक लभ स्टोरी कथामा यो चलचित्र बनेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको