Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक नेपाल लिमिटेडले पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ ,सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण

बुधबार, ०१ फागुन २०७५, १६ : ३७ मा प्रकाशित

जनता बैंक नेपाल लिमिटेडले  पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ ,सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गरिएको छ भने एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । 

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ, साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । 

यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको