Like us!
Follow us!
Connect us!
Watch us!
फाइभजीर टेनएक्स लसलेस जुमको अन्वेषण

ओपोद्वारा २०१९ ईन्नोभेसन ईभेन्ट मार्फत साझेदारहरुलाई नजिकिने अवसर प्रस्ताव

आइतबार, १२ फागुन २०७५, १८ : ०९ मा प्रकाशित

ओपोद्वारा २०१९ ईन्नोभेसन ईभेन्ट मार्फत साझेदारहरुलाई नजिकिने अवसर प्रस्ताव

अर्थ संसार,  बार्सिलोना, स्पेन – फेब्रुअरी २३ का दिन स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ ।

विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रबर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो । विश्वकै पहिलो टेनएक्स लसलेस जुमप्रविधिको डेब्यूका साथै फाइभजी प्रविधिमा उद्योगमै अग्रणी विकासका साथमाओपोले मोबाइल कम्युनिकेसन जगतमा आफ्नो छविलाई एक अग्रणी नवप्रबर्तक कम्पनीका रुपमा स्थापित गरेको छ ।

ओपा ब्राण्डले दैनिक जीवनमा ब्याप्त सम्भावनाबाट प्रेरित हुँदै उपभोक्तालाई आफू वरपर विद्यमान सुन्दरताको अनुभव लिन सघाउँछ । उपभोक्ता अन्तर दृष्टिमा विशेष ध्यानदिँदै ओपोले नवप्रबर्तन र आरएण्डडी प्रतिको आफ्नो प्रतिबद्धतार्थ भारी लगानी गरिरहेको छ ।यही प्रतिबद्धताले ओपोलाई समय समयमाईमेज ब्यूटिफिकेशन प्रविधि, फाइभजी, एआई, एआर/भीआर लगायतअन्य सम्भावना बोकेका मोबाइल प्रविधि जस्ता उद्योगकै पहिलो नवप्रबर्तन ल्याउन प्रोत्साहन गरिरहेको छ ।

‘मिडिया तथाहाम्रा सहकारीहरु माझहाम्रो पहिलो ईन्नोभेसन ईभेन्ट प्रस्तुतगर्न पाउँदा हामीनिकै गौरवान्वित महशुस गर्दैछौँ ।’ ओपोका उपाध्यक्ष आङयीजियाङले भने ‘नवप्रबर्तन हाम्रा लागि प्रहिलो प्राथमिकताको विषयहो र भविस्यलाई उपभोक्ताको हातमा सुम्पिने उद्देश्यका साथहामीले थुप्रै नवप्रबर्तनहरु प्रस्तुत गरेका छौँ । हाम्रो प्रतिबद्धतालाई निरन्तर्ता दिँदै बजारमाविशेषगरी फाइभजीर फोटोग्राफी संग सम्बन्धित थप प्रगति गरिरहने छौँ ।’

असिमित सम्भावना र सृजनशिलता, कल्पना र क्लोसर कनेक्टिविटी सहितको फाइभजी, स्मार्टफोन उद्योगकै भविस्यहो । ओपोद्वारा आफ्नो पहिलो फाइभजी स्मार्टफोन र ओपो फाइभजी ल्याण्डिङ योजनाको घोषणासंगै फाइभजीयूगलाई उपभोक्ताको थप नजिकल्याइ दिएको छ । ओपोद्वारा प्रस्तावित र प्रतिबद्धता जनाइएको यो पहलमा स्विसकम, टेल्स्ट्रा, ओप्टस लगायत क्यारियर्स र अझगहिरो सहकार्यका साथमा सिङटेल लगायत क्षमतावान सरोकारवाला कम्पनीले फाइभजी उत्पादन र सेवाको प्रबद्र्धन र कार्यान्वोयनमा सहयोग गर्नेछन् । उपभोक्ताले कार्यसम्पादन र क्षमतामा थप सुदृढ र उत्कृस्टताको अनुभव गर्न पाउन् भन्ने यसको मूल उद्देश्य हो ।

क्वालकम ईन्कर्पोरेटेडका अध्यक्ष, क्रिस्टियानो एमोनले ओपोको फाइभ जीनव प्रबर्तनको खुलेर तारिफ गर्दै भने,‘फोरजीयूगमा ओपोको नेतृत्वनियाल्दा,फाइभजीको यूगमा पनि आफ्नो अग्रता कायम राख्ने सम्भावना प्रबल छ । हामी फाइभ जीयूगमानव प्रबर्तनका प्रचुर सम्भावना देखिरहेका छौँ । हामी फाइभजीको सहीक्षमता अनुभवगर्न ओपोसंग नजिक रहेर सहकार्यलाई निरन्तर्ता दिनेछौँ । साथै, एक्स५० मोडेम, समायोजित आरएफ ट्रान्सिभर र आरएफ फ्रण्ट ईन्ड सोल्यूशन सहितको हाम्रो फ्ल्यागशिपक्वालकम स्न्यापड्रागन ८५५ मोबाइल प्ल्याटफर्मका साथमा ओपोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिकमा पनि सहयोग पु¥याउने छौँ ।’

ओपोले फाइभजी प्रविधिको प्रतिक्षा तथा तयारी सन् २०१५ देखि नै गरिरहेको थियो । फाइभजी फिचर्स र यसकाफाइद समाहित गर्दै कार्य क्षमतामा कुनै सम्झौतान गर्ने अवांछनिय फोनको उत्पादनका लागि ओपोले डिजाइन तथा प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । निकै प्रतिक्षारत ओपोको पहिलो फाइभजीफोनले फोरके, एटके भिडियो डाउनलोड/अपलोड/क्लाउड–प्ले, थ्रीडी भिडियो कलिङ, फाइभजी क्लाउड गेमिङ र मल्टिप्लेयर एआर/भीआर गेम, ईन–स्टोर न्याभिगेसन, एआर शपिङ ईन्टिग्रेटेड लगायत फिचरका साथ उपभोक्ताको जीवनमा नयाँ क्रान्ति ल्याउने छ ।’

ईन्नोभेसन ईभेन्ट मार्फत ओपोले विश्वकै पहिलो टेनएक्स लसलेस जुमप्रविधि प्रदर्शित गरेको थियो । यो प्रविधिले विनाकुनै सम्झौता प्रयोगकर्तालाई ब्यवसायिक देखिने तस्विर लिन सघाउँछ ।

ईन्नोभेसन ईभेन्टका अवलोकनकर्ताले ओपोद्वारा प्रदर्शित होलोग्राम कल्सदेखि एआर शपिङ जस्ता ५ जी प्रविधिको उपयोगिताका जीवन्त उदाहरणको अनुभवगर्ने अवसर प्रदान गरिएको थियो । साथै ओपोले टेनएक्स लसलेस जुमको उपयोगिता काउत्कृष्ट परिदृष्य र प्रदर्शनी पनि अवलोकन गर्ने मौका पाएकाथिए । एमडब्ल्यूसीमा रहेका एरिक्सन र क्वालकमका बुथमा पनि ओपोको उपस्थिती रहने छ । अवलोकनकर्ताले तीबुथ मार्फत हाई पर्फरमेनस क्लाउड गेमिङ कम्पनी स्याडो,संगको सहकार्यमा विकसित सोलक्यालिबरसिक्स मार्फत क्लाउड गेमिङको प्रत्यक्ष डेमोको अनुभव समेत गर्न पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको