Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको आइपिओमा पहिलो दिनमै पर्यो ५ लाख १२ कित्ताको आवेदन

सोमबार, १३ फागुन २०७५, १९ : ३५ मा प्रकाशित

पाँचथर पावरको आइपिओमा पहिलो दिनमै पर्यो ५ लाख १२ कित्ताको आवेदन

अर्थ संसार, काठमाडौँ-पाँचथर पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) को पहिलो दिन ५ लाख १२ हजार कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार ११ हजार १८३ जना आवेदनकबाट सो आवेदन परेको हो । कम्पनीले आजबाट अर्थात फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले निश्कासन गर्ने साधारण शेयरमा  न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

5c73f3859ba34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको