Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले घटायो आधार व्याजदर, अब कति पर्ला ?

ramesh lamsal

मंगलबार, १४ फागुन २०७५, ११ : ०६ मा प्रकाशित

नेपाल बैंकले घटायो आधार व्याजदर, अब कति पर्ला ?

अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ । पुस महिनाको अन्त्यको ६.०६ प्रतिशत आधार ब्याजदरको आधारमा बैंकले जारी गरेका सबै प्रकारका ऋणहरुको ब्याजदर विद्यमान ब्याजदरभन्दा १.४६ प्रतिशतले सस्तो हुनेगरी ब्याजदर घटाएको बैंकले जनाएको हो ।

कर्जाको व्याजदर घटाउँदा देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा समेत बैंकले लिएको छ ।

बैंकले आधार ब्याजदरमा तोकिएको जोखिमबापतको प्रिमियम दर घटाएर उक्त परिमाणमा ब्याजदर घटाइएको छ ।  । उनले सरकारको सहुलियतपूर्ण कर्जामा भने २ प्रतिशत प्रिमियम तोकिएकोले त्यस्तो  हकमा भने त्यो व्यवस्था लागु हुँदैन  । ‘सहुलियत कर्जाको जोखिम प्रिमियम सरकारले नै २ प्रतिशत तोकेको छ, अरु ऋणको हकमा भने प्रिमियम घटाएर व्याजदर घटाएको बैंकको दावी छ ।

बैंकले हाल ऋणमा ६.०८ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । बैंकको पुस मसान्तको आधार दरका आधारमा यो प्रिमियमले ब्याजदर १२.१४ प्रतिशत छ ।  त्यसमा १.४६ प्रतिशत ब्याजदर घटाउँदा नेपाल बैंकका ऋणीले अब बढीमा १०.६८ प्रतिशतमा ऋण प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको