Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरण र अपि पावर कम्पनीबीच विद्युत् खरीद सम्झौता, ४० मेगावाटको माथिल्लो चमेलिया बन्ने

बुधबार, १५ फागुन २०७५, १७ : ४७ मा प्रकाशित

प्राधिकरण र अपि पावर कम्पनीबीच विद्युत् खरीद सम्झौता, ४० मेगावाटको माथिल्लो चमेलिया बन्ने

अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच विद्युत् खरीद सम्झौता भएको छ ।

प्राधिकरणमा आज भएको सम्झौतामा प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन सञ्जिव न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

कूल ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता सम्पन्न भएको हो  ।

प्रदेश न ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा.क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना आठ मेगावाट को निमाणर््ा पुरा गरि आगामी चैत मसान्त भित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया – बलाँच १३२ केभी डवल सर्किट  ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

यो अपर चमेलिया जलविद्युत आयोजनाबाट बार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सुदुरपश्चिममा प्राधिकरणले निर्माण गरेको १३२ के.भि डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी संचालक न्यौपानेले बताउनु भयो । यो आयोजनाको निर्माण पश्चात् प्रदेश नं. ७ मा विद्युत आपुर्ति बढ्न गई भारतबाट विद्युत् आयात गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

यो आयोजना प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । आयोजनाको लागत प्रति मेगावाट १८ करोड रुपैयाँको हिसाबले  सात अर्ब २० करोड लाग्ने अनुमान छ ।

5c767f7733001.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको