Like us!
Follow us!
Connect us!
Watch us!

वैकल्पिक लगानीका लागि सेवोनले ल्यायो यस्तो निर्देशिका, के के होला फाइदा ?

मंगलबार, २८ फागुन २०७५, १४ : १४ मा प्रकाशित

वैकल्पिक लगानीका लागि सेवोनले ल्यायो यस्तो निर्देशिका, के के होला फाइदा ?

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टकृत व्यवस्था गर्ने भएको छ ।

बोर्डले ‘प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता वैकल्पिक लगानी कोष’ प्रोत्साहन गर्न विशिष्टकृत लगानी कोष नियमवली कार्यान्वयनमा ल्याएको छ ।

परम्परागत लगानीको सट्टा नवीनतम ज्ञान, सीप, क्षमता भएका  वा नयाँ वस्तु सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नविनतम उद्यम सञ्चालनका लागि उक्त नियमावलीले अवसर प्रदान गर्ने छ ।

नयाँ उद्योग तथा व्यवसायमा सञ्चालन गर्न शेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोष, लगानीको उच्च जोखिम रहेका जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी त्यस्ता कोष सञ्चालनमा ल्याइनेछ ।

त्यस्तो कोषले योग्य लगानीकर्तासँग लगानी गर्ने सम्बन्धमा लगानी सम्झौता गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । सम्झौतामा कोष व्यवस्थापनकले कोषको रकम सरकारको प्रचलित कानून बमोजिम लगानी गर्न निषेध गरिएको क्षेत्रमा बाहेक लगानी गर्नुपर्नेछ ।

बोर्डकाअनुसार त्यस्तो कोषले अन्तर्राष्ट्रिय संघ संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई इकाइ निष्काशन गर्दा ऋणको रुपमा समेत इकाइ निष्काशन गर्न स्क्ने व्यवस्था गरिएको छ ।

5c86643778eda.jpg 5c86643a2a661.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको