Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

मंगलबार, २८ फागुन २०७५, ०८ : २० मा प्रकाशित

नेशनल लाइफको शेयर किन्नु अघि हेरौं  कम्पनी विश्लेषण

कम्पनीले २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले सो प्रस्ताव पारित गर्न चैत १५ गते साधारणसभाको आयोजना गर्दै छ । फागुन ३० गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६४ करोड छ । १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि रू. ३ अर्बभन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १७ करोड ११ लाख नाफा कमाएको छ । रिजर्भ कोषमा रू. ९५ करोड ५१ लाख छुट्याएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, २८ फागुन २०७५) यो गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय ४३ प्रतिशत बढी हो । जीवन बीमा कोषमा रू. २३ अर्ब ७१ करोड जम्मा भएको छ । राष्ट्रिय सञ्जाललाई अरू प्रभावकारी रूपमा सञ्चालन गरी नयाँ बीमा योजनाहरू बजारमा ल्याउने कम्पनीको आगामी योजना छ । कम्पनीले ८३ ओटा शाखा कार्यालयबाट जीवन बीमा गराउँदै आएको छ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  • कम्पनीले चालू आवको पुस मसान्तसम्ममा कुल रू. ३ अर्ब ८ करोड बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८ दशमलव ५० प्रतिशत बढी हो । कम्पनीको कुल कायम बीमालेखको संख्या ७ लाख १ सय ४३ छ ।

  • कम्पनीले १० हजार ८ सय २ जनालाई रू. १ अर्ब २६ करोड दाबी भुक्तानी गरेको छ भने रू. २४ करोड ८२ लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले पुस मसान्तसम्ममा पुनर्बीमा कमिशनबाट रू. १ करोड ४६ लाख आम्दानी गरेको छ ।

  • कम्पनीले रू. २३ करोड ८९ लाख आम्दानी गर्दा रू. ६ करोड ७७ लाख खर्च भएको छ । महाविपत्ति कोषमा रू. १७ करोड ९१ लाख छुट्याएको छ । बीमालेख धितोमा रू. १८ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ ।

  • कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९२, मूल्य आम्दानी अनुपात ५४ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ०३ छ । सोमवारको शेयरमूल्य रू. ६ सय ६२ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.००६ गुणा

  • अर्निङ यिल्ड रेशियो : १.९५ प्रतिशत

  • डिभिडेन्ट यिल्ड रेशियो : २ .०३ प्रतिशत

  • खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १५ हजार २ सय १३ कित्ता शेयर खरीद गर्ने माग र ३ हजार ८ सय ६७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ०४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ६२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ८० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सय १४ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको