Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाँदै, जोन हकिङ्स् अस्पतालमा हुने

आइतबार, ०३ चैत्र २०७५, १४ : ३६ मा प्रकाशित

प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाँदै, जोन हकिङ्स् अस्पतालमा हुने

अर्थ संसार, काठमाडौं –नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका जाने भएका छन्।   छोरी गंगा र ज्वाइँ जीवन आचार्यसहित उनीहरु साँझ ५ बजे अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। उनीहरु आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्ने बताइएको छ। सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुनेछ। सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।  सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्। 


त्यसअघि गत असारमा पनि सीताको सिंगापुरमा उपचार भएको थियो। अस्पतालमा उपचारका क्रममा सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) प्रमाणित भएको थियो।

गत असारमा सिंगापुरमा १३ दिनको बसाइका क्रममा रोगको पहिचान र उपचारपछि उनीहरु स्वदेश फर्किएका थिए। 

त्यतीबेला उनलाई तीन महिनासम्म वाटर थेरापी र औषधि सेवन गर्न भनिएको थियो। सोही अनुसार तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि सीतालाई पुन उपचारका लागि सिंगापुर लगिएको थियो।

असारमा सिंगापुरबाट फर्किएलगत्तै प्रचण्डको आधिकारिक वेबसाइटले समेत सीताको रोगबारे जानकारी दिएको थियो। सोही आधारमा स्वास्थ्यखबरले सीतालाई लागेको रोगका विषयमा नेपालका चिकित्सकहरुसँग जानकारी लिएको छ।

‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोग के हो?

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। 

मस्तिष्कका विभिन्न रोग तथा समस्याहरु मध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।

सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो। 

‘रोग लाग्दाको सुरुवाती लक्षणमा पार्किन्सन्स, अलजाइमर्स, मोटर न्यूरोन जस्ता रोगको लक्षणसँग मेल खाने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत झुक्किने गर्दछन्। जसले गर्दा पिएसपीको गलत ‘डाइग्नोसिस’ हुँदा औषधि तथा उपचारसमेत पार्किन्सन्स वा अन्य समस्याको हुने गर्छ ।

सामान्यतया यो रोग वृद्धावस्थामा लाग्ने गर्दछ। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मानिसको मांसपेशीको चालमा अवरोध सिर्जना हुन्छ। मस्तिष्कको नसाहरु बिस्तारै मर्दै जाँदा उत्पन्न हुने समस्या नै पिएसपी हो। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको