Like us!
Follow us!
Connect us!
Watch us!

शिखर सुजको समर सेल मेला सुरु, सोरुममा ७० प्रतिशतसम्म छुट पाइने

सोमबार, ०४ चैत्र २०७५, १० : ४७ मा प्रकाशित

शिखर सुजको समर सेल मेला सुरु, सोरुममा ७० प्रतिशतसम्म छुट पाइने

अर्थ संसार, काठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम (खिचापोखरी सोरुम , पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु हाउस बौद्द सोरुम ,त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी ,कोशेली सु हाउस भोटाहिटी ,कीर्तिपुरस्थित कीर्तिपुर, हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरु बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् । 

मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने छन् ।

शिखरका प्रवन्ध निर्देशक प्रसाइुका अनुसार शिखरले समर सेलका अबसरमा ती सोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको