Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली, कृषि विकास र नेशनलको साधारणसभा आज, यी एजेन्डाहरु पारित गर्दैछन्

शुक्रबार, १५ चैत्र २०७५, ०८ : ३५ मा प्रकाशित

नागवेली, कृषि विकास र नेशनलको साधारणसभा आज, यी एजेन्डाहरु पारित गर्दैछन्

अर्थ संसार,काठमाडौं - आज तीन कम्पनीहरुले वार्षिक साधारण सभा आयोजना गर्दैछन् । पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने वार्षिक साधारण सभा यी कम्पनीहरुले चैतमा आएर गर्न लागेका हुन् । नागवेली लघुवित्त, कृषि विकास बैंक र नेशनल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश लगायत विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेका हुन् ।

नागवेलीले गत वर्षको सञ्चित मुनाफाबाट ९ दशमलव ३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ४९ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ ।

साथै, ४ बराबर १ को अनुापतमा हकप्रद जारी गर्ने प्रस्तावलाई समेत नागवेलीले अघि सारेको छ । सभाले संस्थापकतर्फबाट ४ र सर्वसाधारण तर्फबाट २ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सभा बिहान ११ बजे झापामा शुरु हुनेछ ।

त्यस्तै, कृषि विकास बैंकले पनि सर्वसाधारण शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सभामा पेश गर्नेछ । साथै, अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत गरेको छ । सभा बिहान ११ बजे बैंकको केन्द्रिय तालिम प्रतिष्ठान भक्तपुरमा हुनेछ ।

जीवन बीमा कम्पनीहरुको बीमांकिय मूल्यांकन भारतबाट गराई बीमांकिय मूल्यांकन बीमा समितिले स्वीकृत गरे पश्चात मात्र सभा आयोजना गर्नुपर्ने कारण नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा शुक्रवार बोलाएको छ ।

कम्पनीले शेयरधनीहरुका लागि १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू। १ करोड ८८ लाख २७ हजार १० नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा बिहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुरु हुनेछ ।

सभा प्रयोजनका लागि नेशनल लाइफले चैत १ गतेदेखि, कृषि विकास बैंकले फागुन १६ गतेदेखि र नागवेली लघुवित्तले फागुन २९ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजभन्दा एक दिन अघिसम्म कायम सदस्यहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पारित भए प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको