Like us!
Follow us!
Connect us!
Watch us!

वाइड बडी जहाज खरीद प्रकरण : छ महीनामै डेढ अर्ब घाटा

शुक्रबार, २९ चैत्र २०७५, २० : ४७ मा प्रकाशित

वाइड बडी जहाज खरीद प्रकरण : छ महीनामै डेढ अर्ब घाटा

अर्थ संसार, काठमाडौं -नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले खरीद गरेको वाइड बडी जहाजको लक्ष्यअनुसार उडान भर्न नसक्दा रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ । महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनअनुसार गन्तव्य टुङ्गो लगाएर प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा २०७५ साउनदेखि पुससम्म दुई वाइड बडी जहाजबाट रु एक अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी भएको छ ।

जहाज खरीद प्रक्रिया शुरु गरेपछि निगमले २०७३ असोज ८ मा व्यावसायिक योजना तयार गरेको थियो । सन् २०१९ देखि दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने थियो । अहिलेसम्म वाइड बडीले कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन । जहाज खरीद गर्दा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । 

जहाज खरीदका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट रु २३ करोड ६१ लाख ऋण लिएको छ । जहाज खरीद गर्दा रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार खर्च भएको छ । व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा निगम साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । निगमले गत पुस ३० गतेभित्र तिर्नुपर्ने साँवा र ब्याजको किस्ता रु ८० करोड ४२ लाख तिर्न सकेको छैन । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै बढ्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको