Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाको आइपीओ बाँडफाँट

मंगलबार, ०३ बैशाख २०७६, १४ : १९ मा प्रकाशित

हिमालय ऊर्जाको आइपीओ बाँडफाँट

अर्थ संसार, काठमाडौं –शेयर बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेदकमध्ये ६६ हजार ९५०लाई २० कित्ताका दरले शेयर प्रदान गरिएको छ । यस्तै दुई हजार ७२० लाई भने १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कूल सदर आवेदकमध्ये ९६ प्रतिशतले २० कित्ता र तीन दशमलव नौ प्रतिशतले १० कित्ता शेयर प्राप्त गरेका छन् । साधारण शेयरमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । यस्तै ३८ आवेदकबाट परेको दुई हजार ८०० कित्ताको माग भने रद्द भएको छ ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सोमध्ये कर्मचारीलाई तीन प्रतिशत र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत शेयर छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती गरी कूल १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको प्रबन्धक प्रकाश दुलालले जानकारी दिनुभयो । आयोजनाको कूल लागत तीन अर्ब १५ करोड छ । दुवै आयोजना आगामी असारमा सम्पन्न हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको